काठमाण्डौ – प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो । दलहरुले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा आफ्नो तर्फबाट एकल र केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । प्रत्यक्षतर्फ आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव...