खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मिएका उनले पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताए । 'म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरूसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न...