२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् । […]