राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । पाँडेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखेर हिजो राति बसेको केन्द्रीय समिति बैठकमा बन्दसूचीबाट आफ्नो नाम हटाउने निर्णय सुनाएको जानकारी दिएका हुन् । पाँडेको उम्मेदवारी घोषणासंगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या ६ पुगेको छ । यसअघि आरोही टा...