कपिलवस्तुमा विद्यार्थी बोकेको बस सडकमै पल्टियो

कपिलवस्तुको मायादेवी गाउँपालिका– ३ मा स्कूल बस दुर्घटना हुँदा ७ विद्यार्थी घाइते भएका छन् । पालिकाको बर्सौलीस्थित फूलिका बर्सौली भित्री सडक खण्डमा सोमबार सनलाइट इङ्लिस बोर्डिङ स्कूलको लु १ क ५७२२ नं. को  बस पल्टिएर उत्तानो परेको थियो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य  रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रास्नु पाल, अनिता बराई, विशेष थारू, अमन यादव, सुदीप यादव, आइसा भट्टराई, गुन्जा कहार घाइते भएका छन् ।  कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यले घाइतेको अवस्था स...