मोरङ – तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या, मांसपेशी कडा हुनु तथा रक्तसञ्चारमा असर पर्नुले जाडोमा टाउको दुखाइ बढ्ने गर्दछ । जाडोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउँदा डिहाइड्रेसन भई टाउको दुख्ने समस्या देखिन्छ । त्यसैगरी घाँटी र काँधमा चिसो लाग्दा पछाडिबाट अगाडितर्फ फैलिने दुखाइ, साइनस र माइग्रेनका समस्या पनि बढ्ने चिकित्सकहरूको भनाइ छ । तापक्रम...