तीन दलबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सैद्धान्तिक सहमति, सीट संख्या मिल्न बाँकी

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच राष्ट्रिय सभा निर्वाचनमा तालमेलको सैद्धान्तिक सहमति भएको छ । सीट बाँडफाँडमा कुरा चलिरहेको र आजै सहमतिमा पुगिने नेताहरूले बताएका छन् । चरणबद्ध छलफलपछि प्रमुख तीन दल राष्ट्रिय सभाका १८ सीट बाँड्न सहमतिनजिक पुगेका हुन् । नेपाली कांग्रेसका नेता रमेश लेखकले सीट संख्यामा कुरा मिल्न बाँकी रहेको बताए । ‘संविधान बनाउन र बचाउन लागेका दलहरू मिलेर जाने सहमति भएको छ । सीट संख्यामा अझै मिलिसकेको छैन,’ लेखकले लोकान्तरसँग भने ...