सरकारले सुरक्षा दिन्छुभन्दा अविश्वास गर्नुपर्ने छैन, फागुन २१ को चुनावमा जानुपर्छ– सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार र निर्वाचन आयोगले सुरक्षाको ज्ञारेन्टी गर्छौं भनेकाले फागुन २१ गतेको चुनावमा जानुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस फागुन २१ को चुनावमा जान तयार रहेको बताएका हुन् । सरकार र निर्वाचन आयोगले भयरहित चुनाव गर्छौंभन्दा अविश्वास गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘सरकार र निर्वाचन आयोगले सुरक्षा र भरहित वातावरणमा निर्वाचन गर्न सक्षम छौं भनेर दल र नेतालाई बोलाएर ग्यारेन्टी गरेको छ,’ सिटौलाले भने, ‘हामीले अविश्वास गर्...