भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारलाई लिएर सरकार, स्वास्थ्य संस्था र घाइतेबीच अझै पनि विभिन्न अन्योल र चुनौतीहरू देखिएका छन् । आन्दोलनको पहिलो रातमै स्वास्थ्य मन्त्रालयले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन सबै अस्पतालमा एकरूप हुन सकेकाे छैन । भदौ २३ गते राति स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानमार्फत घाइतेहरूको निःशुल्क उपचार गरिने घोषणा गरेको थियो । आन्दोलनपछि घाइतेहरूले नजिकका स्वास्थ्य संस्थामा पुगेर उपचार गराए । त्यो बेला केही निजी...