कार्यसम्पादन समितिको निर्णय सबैले मान्नु पर्छ, विशेष महाधिवेशन हुँदैन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमवार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस विभाजन होस् भन्ने कसैको चाहना पूरा हुन नदिने बताएका हुन् । 'कांग्रेस २ चिरा हुँदैन, हामी हुन दिँदैनौं,' उनले भने, 'कांग्रेस पार्टी फुटोस् , कमजोर होस्, अनेक झगडा होस् भन्ने कसैको चाहना होला । हामी त्यो हुन दिँदैनौं ।' विशेष महाधिवेशन भने नहुने उनले बताए । कार्यसम्पादन समितिले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले त्यो महामन्त्रीद्वयले पनि ...