सुर्खेत – फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको हो । यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ । सूचना अधिकारी चौलागाइँका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्...