जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ । आयोगको सोमबार बसेको बैठकले ओलीको स्थानहद फुकुवाको निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । ‘घटना सम्बन्धमा ओलीसँग सोधपुछ र बुझ्ने कार्य भइसकेको अवस्थामा स्थानहदको औचित्य समाप्त भएकोले फुकुवा गरिएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ । ओलीसँग आयोगले आइतबार भक्तपुरस्थित निवासमा पुगेर बयान गरेको थियो । स्थानहद तोकिएकोमा ओलीले आपत्ति जनाउँदै आएका थि...