तल्ला कमिटीलाई कांग्रेसको परिपत्र- विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकियो

नेपाली कांग्रेसले तल्ला कमिटीहरूलाई परिपत्र गर्दै विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै स्वतः समाप्त भइसकेको बताएको छ । मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेकाले सोही दिनदेखि नै विशेष महाधिवेशनको औचित्य सकिएको भनिएको छ । नयाँ परिपत्रमा पार्टीको १५ औं महाधिवेशन आउँदो वैशाख २८, २९, ३० र ३१ गते गर्ने तय भएको भन्दै सोही अनुसारको महाधिवेशन कार्यतालिका पठाइएको छ । महाधिवेशनका लागि आवश्यक विभिन्न प्रक्रियामध्ये क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण अनिव...