वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको सूचनामा वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा...