विशेष महाधिवेशनका लागि एक पक्ष जोडतोडले लागिरहँदा संस्थापन पक्षले भने उक्त मागलाई सुनेको नसुन्यै गरेको छ । विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिलाई काठमाडौं आउन आह्वान गरिरहँदा सभापति देउवापक्षले नआउन आग्रह गर्दै मागको औचित्यता सकिएको बहुमतबाट निर्णय गराएको छ ।