काठमाडौँको बल्खुस्थित सुमो तथा ईभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । लागुपदार्थ सेवन गरी यात्री तथा पैदलयात्रीहरूलाई दुःख हैरानी र सास्ती दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बल्खु क्षेत्रका टिकट काउन्टरमा खटिएका कर्मचारीहरूले लागुपदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने गरेको जनगुनासो आएपछि प्रहरीले विशेष अप्रेशन चलाएको थियो । सोही क्रममा मिति आइतबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक ल्याव टेक्निसियन, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त काली...