कोशी सरकार पुनर्गठनको अन्तिम तयारी- नयाँ मन्त्रीको सूची तयार, पुराना सबै बाहिरिँदै !

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी थालेका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै भोलि वा पर्सिसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको हो । एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुर लिङथेपका अनुसार मुख्यमन्त्री कार्की एमालेको पदाधिकारी बैठकका लागि काठमाडौंमा गएका छन् । भोलि मंगलबार बिहान एमालेको पदाधिकारी बैठक बस्दै छ ।  उनी बैठक सकेर मंगलबार नै विराटनगर फर्किने भनिएको छ । त्यसैले दिउँसो १ बजे ए...