नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मंलगबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठक मंगलबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने तय भएको छ ।