श्रीमतीको हत्या गरी तीन वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

आफ्नै श्रीमतीको विभत्स हत्या गरी तीन वर्षदेखि फरार रहेका एक अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १३ पिपलतडाका भद्र बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २०७९ साल मंसिर १० गते भद्र बहादुरले आफ्नी ३४ वर्षीया श्रीमती पानसरा सुनारलाई बन्चरो र खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेलगत्तै उनी फरार भएका थिए । त्यसयता प्रहरीले उनलाई पक्राउ गर्न प्राविधिक विश्लेषणसहित सादा पोसाकमा विशेष टोली परिचालन गरी निरन्तर खोजी गरिरहेको थियो । लामो समय बाहिर लुकिछिपी...