कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।  लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय १० मिलिग्रामसहित रूपन्देही मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय विनय मिश्रलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।