पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत् देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालीन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने उल्लेख गरे । शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै नेता नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । मुलुकमा भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्ग...