मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा

 जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।  यसैबीच आज बिहान १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणम...