राष्ट्रियसभा निर्वाचनका लागि चुनावी तालमेलबारे छलफल गर्न नेपाली कांग्रेसका नेताहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन्। कांग्रेस र एमालेबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्यको सम्भावना खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक सोमबार साँझ गुन्डु पुगेको एक नेताले बताए । खड्का र लेखकले सोमबार बिहान पनि ओलीसँग भेट गरेका थिए । आगामी माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा निर्वाचन हुँदैछ।