सामाजिक सद्भाव कायम राख्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर

काठमाण्डौ – गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने गरी भएका घटनालाई ध्यानमा राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । सर्कुलरमार्फत जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न गरिएका पहल र त्यसको प्रगति विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ । गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा हिजो निकालिएको निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलापमा संलग्न जो–कोहीलाई ...