अर्को महिना हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ – आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा रहेका २४ जना खेलाडी मध्येबाट ९ जना खेलाडी अन्तिम छनोटबाट बाहिरिएका छन् । दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल काम...