काठमाण्डौ – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आउँदो माघ ११ गते लागि राष्ट्रियसभा सदस्य चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुनुहुनेछ । तर उहाँको ठाउँमा सरकारले नै सिफारिस गर्नेछ । निर्वाचन आयोगले यसअघि गएको पुस १९ गते मतदाता नामा...