राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उम्मेदवारी मनोनयन

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।  आयोगका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।  आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रिय सभा सदस्य निर्...