चन्दा संकलन गरेर खेलमैदान निर्माण गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । 'खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष रु २८ लाखमा जग्गा खरिद गरेको थियो,' उनले भने, 'चाल...