ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहरसहित प्रदीप परियारसहित ७ जनालाई सफाइ

काठमाण्डौ – विशेष अदालतले काठमाण्डौ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित सबैलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ दिने फैसला गरेको हो । फैसलामा आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा प्रतिवादीहरूले आरोप दाबीबाट सफाई पाउने उल्लेख छ । अख्तियार दु...