वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भए पनि पछिल्लो समय उनी आफूसँग खुसी नरहेको बताएका छन् । भारतले रूसबाट तेल खरिद गरेको कारण अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएको विषयले मोदी असन्तुष्ट रहेको उनको भनाइ छ । समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पले मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन पार्टीका सदस्यहरूसँगको बैठकमा उक्त कुरा बताएका हुन् । उनले भारतले अपाचे हेलिकप्टर खरिदका लागि धेरै वर्षदेखि आफूलाई दबाब दिँदै आएको दाबी पनि गरे । ट्रम्पका अन...