तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाण्डौ – तराई/मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । दे...