दिल्लीको रामलीला मैदान नजिक रहेको तुर्कमान गेट क्षेत्रमा गएराति अतिक्रमण हटाउने क्रममा झडप भएको छ । दिल्ली हाईकोर्टको आदेशअनुसार नगर निगम (एमसीडी) ले मस्जिद र कब्रिस्तानसँग जोडिएको जमिनबाट अवैध संरचना हटाउने क्रममा १७ वटा बुलडोजर प्रयोग गरेको थियो । राति करिब १ बजे मस्जिद नजिक बनेका बारात घर, डायग्नोस्टिक सेन्टर र पसलहरू भत्काइएका हुन् । सो क्रममा भीडले एमसीडीका कर्मचारी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको थियो । भीडले बेरिकेड तोडेर काममा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थि...