राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशमा तीन नेतालाई अघि सारेको छ । बुधबार तीन पदका लागि मनोनयन दर्ता हुँदैछ । कांग्रेसबाट गुल्मीका चन्द्र केसी र दाङका वासुदेव जंगली घिमिरे तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार बन्ने निश्चित भएको हो । केसी खुला, घिमिरे अपांगता र झाँक्री महिला कोटामा उम्मेदवार बन्नेछन् । एमाले, कांग्रेस र नेकपाले तालमेल गर्ने भनिए पनि अन्तिम समयमा नेकपा गठबन्धबाट बाहिरिएपछि लुम्बिनीमा दुई सीटमा कांग्रेस र एक सीटमा एमालेले उम्मेदवार उठाउने...