मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-११ रोडसेशस्थित भिन्तुना गीतगजलका सञ्चालक सोही महानगरपालिका-१२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने सोही महानगरपालिका-८ घर भएका २६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनीहरूले सोही गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई भारतीय नागरिकहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातना समेत दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिए...