बर्दियामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका-१ ठूलो डाँफे बस्ने ३१ वर्षीय विष्णुबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विष्णुले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।