बैतडीमा लागुऔषध खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नाबालिग समेत छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई बुधबार पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको बडूले बताए ।