नेकपासँगको सहमति भाँडिएपछि एमालेलाई ८ सीट, थपिए २ उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सीट संख्यामा कुरा नमिलेपछि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस-एमाले र जसपा नेपालले मात्र तालमेल गर्ने भएका छन् । जस अनुसार एमालेले ८ जना नै उम्मेदवारको टुंगो लगाएको छ । नेकपासँग सहमति कायमै रहेको भए एमालेको भागमा ६ सीट मात्र परेको थियो ।  अब माघ ११ गते राष्ट्रियसभाका १८ सीटको निर्वाचनमा कांग्रेसले ९, एमालेले आठ र जसपा नेपालले १ सीट पाउने भएको छ । एमालेले आफ्नो भागमा परेको सीट संख्या अनुसार सुदूरपश्चिमबाट लिला भण्डारी, कर्णालीबाट मीना रखाल, लुम्बिनीबाट रामकुम...