प्रहरीमा दरबन्दी हेरफेर: सिंहदरबार गणमा एसपीको नेतृत्व, सम्पत्ति शुद्धीकरणमा थुप्रै कटौती

नेपाल प्रहरीमा लामो प्रतीक्षा र प्रयासपछि दरबन्दी हेरफेर भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले पेश गरेको दरबन्दी हेरफेरको प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो । त्यसो त गृहले प्रहरीको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समिति बनाएको थियो । गृहका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको संयोजकत्वमा बनेको ओएन्डएम समितिले एक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थपसँगै अन्य दरबन्दी हेरफेर र थप गर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले डीआईजी बाहेकका पदमा मात्रै सहमति प्रदान...