काठमाण्डाै – बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि राखेको स्थल परिवर्तको माग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) खारेज गरेको छ । मङ्गलवार भएको भर्चुअल बैठकमा बीसीबीले सुरक्षा कारण देखाउँदै बङ्गलादेशका खेलहरू भारतबाहिर सार्न गरेको माग आईसीसीले खारेज गरेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । बङ्गलादेशले आफ्ना खेलहरू भारतमै खेल्नुपर्ने अन्यथा यसले अङ्क गुमाउन सक्ने आईसीसीले बीसीबीलाई भनेको खबरमा उल्लेख छ । यद्यपि बीसीबीले आईसीसीबाट त्यस्तो कुनै अल्टिमे...