नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ । गठबन्धनले कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुलामा सुनिल थापालाई उमेदवारको रूपमा अघि सारेको हो । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेका छन् । यस्तै, पोर्तेलको प्रस्तावकमा छविलाल चुडाल र समर्थकमा एकराज कार्की रहेका छन् । थापाको प्रस्तावकमा उद्धव थापा रहेका छन् भने समर्थकमा रेगिना भट्टराई रहेकी छन् । कोशीमा ३ जना राष्ट्रियसभा सदस्यका लागि ...