नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनानुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् । बुधबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै नेताहरूले पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको नेताहरूले बताएका छन् । ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका भन्दै विशेष प...