विश्व शान्ति, भातृत्व र सदभावको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ, खेलकुदलाई । फरक–फरक भूगोल, विचारधारा र संस्कृतिका व्यक्तिलाई एकताको सूत्रमा बाँधेर राख्ने गज्जबको क्षमता बोकेको हुन्छ, खेलकुद क्षेत्रले । यही विशेषताले विश्व खेलकुदलाई अरू क्षेत्रभन्दा पृथक बनाउँछ । तर, समयका विभिन्न कालखण्डमा विश्व राजनीतिको प्रत्यक्ष प्रभाव खेलकुद क्षेत्रमा पर्ने गरेको देखिन्छ । रुस–युक्रेन युद्धपछि विश्व खेलकुदमा रुसमाथि लगाइएको प्रतिबन्ध होस् वा अन्तर्राष्ट्रिय क्रिकेटमा भारत–पाकिस्तानबीच देखिँदै आएको कटुतापूर्ण सम्बन्ध, यसैका ...