समस्याग्रस्त सहकारी समिति सदस्य काफ्लेको राजीनामा

२३ पुस, काठमाडौं । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ दिएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन् । […]