रुससँग शान्ति सम्झौता भएमा बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने भएका छन् । शान्ति सम्झौता भएमा युक्रेनमा सेना तैनाथ गर्ने आशयको घोषणापत्रमा बेलायत र फ्रान्सले हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । फ्रान्सको पेरिसमा युक्रेनका सहयोगीहरूसँगको वार्तापछि बेलायती प्रधानमन्त्री सर केअर स्टार्मरले भविष्यमा हुने आक्रमणलाई रोक्न बेलायत र फ्रान्सले युक्रेनभरि सैन्य केन्द्रहरू स्थापना गर्ने बताउनुभएको खबरमा उल्लेख छ । यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले हजारौँ सेना तैनाथ गर्न सकिने बताउनुभएको छ । सहयोगीहरूले युक्रेनका लागि बलियो...