विशेष महाधिवेशनबारे गगनले गरे बुद्धिजीवीसँग छलफल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । उनले विभिन्न पेसा, व्यवसायमा आबद्ध बुद्धिजीवीसँग बुधबार काठमाडौंको एक होटलमा छलफल गरेका हुन् । छलफलमा गगनसँगै केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे समेत सहभागी छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले बुधबार दिउँसो अनामनगरमा पत्रकार सम्मेलन गर्दै गर्दा गगन बुद्धिजीवीसँगको छलफलमा जुटेका हुन् ।  विशेष महाधिवेशन पक्षधर नेताहरूले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनानुकूल बन...