घुँडाको चोटका कारण सावित्रा भण्डारी लामो समय मैदानबाहिर रहने

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ चोटका कारण ९ महिनादेखि १२ महिनासम्म मैदानबाहिर रहने भएकी छिन् । अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्गटन फिनिक्सबाट खेलिरहेकी भण्डारीको घुँडामा गम्भीर चोट लागेको र उनले लिगका बाँकी खेल गुमाउने क्लबले जनाएको छ । गएको शनिवार ब्रिस्बेन रोअरसँगको खेलका क्रममा भण्डारी विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् । उनको दाहिने घुँडाको ‘एसीएल’ पूर्णरूपमा च्यातिएको एमआरआई रिपोर्टले देखाएको छ । योसँ...