धनकुटा जिल्लामा नेपाली कांग्रेसको इतिहास जति पुरानो छ, संसदीय राजनीतिमा यसको नतिजा उत्तिकै संघर्षपूर्ण रहँदै आएको छ । रोचक कुरा त के छ भने, अहिलेसम्म धनकुटामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फको चुनावमा विजय हासिल गर्न सकेको छैन । २०६४ सालको निर्वाचनमा लिला सुब्बा, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मनोहर नारायण श्रेष्ठ र अन्जना ताम्ली समानुपातिकबाट संविधानसभा सदस्य भएयता धनकुटा कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा आफ्नो कुनै पनि प्रतिनिधि पठाउन सकेको थिएन । करिब १२ वर्ष लामो संसदीय रिक्ततालाई चि...