काठमाण्डाै – गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा चुनाव लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो । निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गर्नुभएको हो । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागि प्रहरी भर्ना गरिनेछ । निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोतसमेत सुनिश्...