अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पहरूबारेमा छलफल गरिरहनुभएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रीनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उहाँको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । उहाँले आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने पनि उल्लेख गर्नुभएको छ । रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योज...