नेपाली कांग्रेसको संस्थापन पक्षले पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत अधिवेशन वा विशेष महाधिवेशन बोलाउन नपाइने बताएको छ । बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेस संस्थापनले विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरेको छ । त्यसकारण पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुन...